Friday, May 15News That Matters

सुनकोशी नदीमा हामफालेर १ महिला बेपत्ता

उदयपुर, पौष २ गते ।

उदयपुरको लिम्चुङ्बुङकी एक महिलाले सुनकोशी नदिमा हामफालेर बेपत्ता भएकी छिन् । लिम्चुङबुङ गाउँपालिका–२ ज्यामिरे निबासी ४० बर्षीय कुम्भकुमारी काकी मंगलबार बेपत्ता भएकी हुन् ।

विहान करिब ११ बजे कार्कीले सुनकोशी नदीमा हामफालेर बेपत्ता भएको भन्ने जानकारी पाउँनासाथ तत्काल ईलाका प्रहरी कार्यालय लिम्चुङबुङबाट खटेका प्रहरी टोली र स्थानीयवासीको सहयोगमा खोजतलास भईरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।