
पुस २ गते ।
स्याङ्जाको एक वडा प्रहरी कार्यालयमा घुस खुवाउन पुगेका व्यापारी आफै फन्दामा परेको छ । वडा प्रहरी कार्यालय वालिङका प्रमुखलाई घुस दिन पुगेका जहरुद्दिन मियाँ फन्दामा परेको हो ।
कार्यालय प्रमुख प्रहरी निरीक्षक निरन्जन घिमिरेलाई १५ हजार रुपैया घुस खुवाउन पुगेका रुपन्देहीको वसन्तपुर गाँउपालिका ४ घर भइ वालिङ नगरपालिका ८ बस्दै आएका मिया पक्राउ गरी जिल्ला प्रहरी कार्यालय स्याङ्जा लगिएको प्रहरीले जनाएको छ ।
मिया गोरु व्यापार गर्नु पर्यो यति तपाई राख्नुस् भन्दै घिमिरेको टेवलमा पैसा राखेका थिए । तत्काल मियाँलाई पक्राउ गरीएको प्रहरीले जनाएको छ । घुस खुवाउन पुगेका मियालाई रकमसहित आवश्यक काबाहीको लागि अख्तियार दुरूपयोग अनुसन्धान आयोग पोखरा पठाइएको प्रहरीले बताए ।
