Saturday, August 8News That Matters

ताइवानमा भयानक रेल दुर्घटना, ३६ जनाको मृत्यु


पूर्णपुष्टि, चैत २०

ताइवानमा भयानक रेल दुर्घटना भएको छ । दुर्घटनामा ३६ जनाको मृत्यु भएको छ, भने ७२ जना घाइते भएका छन् ।

ताइवानको ह्वालियन सहरको सुुरङभित्र रेलले ट्रकलाई ठक्कर दिँदा दुर्घटना भएका अन्तराष्ट्रि सञ्चार माध्यमले जनाएको छ । ट्रकमा ठोक्किएको रेल लिगबाट चिप्लिएर सडकमा पुगेको थियो ।

दुर्घटनाबाट रेलको आठ ओटा डब्बामध्ये पाँच ओटा डब्बा क्षतिग्रस्त भएको छ । ताइवानमा सुरु भएको लामो बिदा मनाउन हिँडेका यात्रुले रेल खचाखच भरिएको थियो ।
उद्धारकर्ताहरु सुरुङभित्र च्यापिएका मानिसको उद्धारमा खटिएका छन् । अहिले एक सय भन्दा धेरै यात्रीलाई उद्धार गरेर सुरक्षित ठाउँमा राखिएको छ ।

ताइवानकी राष्ट्रपति साइ इंग–वेनले घाइतेको उपचार तथा उद्धारका लागि आपतकालीन व्यवस्था लागू गरिएको जानकारी गराउनु भएको अन्टराष्ट्रि सञ्चार माध्यमले जनाएको छ ।

ताइवानको यातायात मन्त्रालयले दुर्घटनालाई पछिल्लो चार दशकयताकै भयानक दुर्घटना भनेको बताएको छ ।