Thursday, June 4News That Matters

ताप्लीका अग्नी पिडितलाई पालिका अध्यक्ष उम्मेदवार बाबुराम राईले गरे राहत सहयोग

पूर्णपुष्टि, बैशाख १५

ताप्ली गाउँपालिकाका अग्नी पिडितलाई ऐमाले नेता बाबुराम राईले राहत सहयोग गरेको छ । आकाशबाट खसेको आगोको मुस्लोले ताप्ली गाउँपालिका १ पिपलभञ्याङका टंक बहादुर हमालको घरमा आगलागी भई सबै जलेर नष्ट भएको थियो ।

मंगलबार करिब ५ बजेको समयमा भएको आगलागीले हमाल परिवारमा बिचल्ली भएको थियो । घरको लत्ता कपडा, अन्नपात र भाडावर्तन सबै जल्दा हमालको करिब ६ लाख बढीको क्षती पुगेको स्थानीय समिप राईले जानकारी दिए ।

सबै कुरा आगोले सकाएपछि विचल्ली बनेका हमाल परिवारलाई एमाले नेता राईले खाद्यन्न, सहयो गरेको हो । उक्त परिवारलाई राईको व्यक्तिगत सहयोगमा २ बोरा चामल, ३ पोका तेल लगायत चिनी, दाल, नुन जस्ताा सामाग्रीहरु सहयोग गरेको हो । राईले यो तत्कालीन व्यवस्थाको लागि मात्र सहयोग गरेको र अन्य समयमा थप सामाग्रीहरु उपलब्ध गराउने समेत जनाए ।

यो अवस्थामा मानवीय सहयोगको अत्यादिक आवश्यक पर्ने भएको हुँदा सबैले छाक कटाएर भएपनि पिडत हमाल परिवारलाई सहयोग गर्न अनुरोध गरे । राईले यो चुनवाी समयमा कुनै लोप लालचको लागि नभई निष्पक्ष मानवीय सहयोग गरेको समेत जनाए । राजनितिज्ञ अबिभावको हिसावले आफुले पिडित परिवारलाई राहत उपलब्ध गराएको र यसलाई चुनवाी एजेन्डा नबनाउन समेत राईको अपिल छ । बरु यो बेलामा सबैले छाक कटाएर सहयोग गरौँ, यसलाई चुनावी एजेण्डा नबनऔँ, राईको आग्रह छ । राईले सोमवार आफ्नो व्यक्तिगत लगानीमा उक्त राहत सामाग्री पिडितलाई सहयोग गरेको स्थानीय समिप राईले जनाए ।