
पूर्णपुष्टि, जेठ २
ताप्ली गाउँपालिकाको परिणाम रोचक बन्दै गएकोे छ । ताप्लीमा मतगणना शुरुदेखी नै एमालेका बाबुराम राईले आग्रता लिदै आएका छन् । बाबुराम राईलाई गठबन्धनका ढुङ्गराज वि.क.ले पछ्याईरहेका छन् । एमालेका बाबुराम राईले ठुलो मतान्तरले ढुङ्गराज वि.क.लाई पछाडी पार्दै आएकोमा ७०० मत गन्न बाकी रहँदा भने मतान्तर ७७ रहेको छ ।
ताजा परिणम अनुशार एमालेका बाबुराम राईले १५७१ मत प्राप्त गरेका छन् भने गठबन्धनका ढुङ्गराज वि.क.ले १४९४ मत पाएका छन् । थोरै मत गन्न बाकीँ रहदा झिनो मतान्तर रहेकाले ताप्लीको गा.पा. अध्यक्षमा कस्ले जित्छ भन्ने चासो बढ्दै गएको छ । उपाध्यक्ष्मा भने गठबन्धनकी धना मगरले २२९८ मत प्राप्त गर्दा एमालेकी मानकुमारी थापाले १०११ मत पाएकी छिन् । अब ७०० मत मात्र गन्न बाकीँ रहेकोले गठबन्धनकी धना मगरको जित भैसकेपनि घोषण हुनमात्र बाकीँ छ ।
