
पूर्णपुष्टि, साउन ५
ताप्लीमा ककनी खानेपानी योजनाको काम सम्पन्न भएको छ । ताप्ली गाउँपालिका वडा नं १ मादलेमा निर्माण भईरहेको १७ लाख ५७ हजार ९२० बराबरको खानेपानी योजनाका काम सम्पन्न भएको हो ।
योजनाको लागि अनुदान तर्फ १५ लाख र जनश्रमदान बाट २ लाख ५७ हजार ९२० जम्मा भएको थियो ।
बहुबर्षिय योजना अन्तर्गत संसदीय विकास कोषका सो बजेटको काम क्रमागत रुपमा चलिरहेको अवस्थामा आर्थिक बर्ष २०७७÷०७८ योजना भने सम्पन्न भएको समितिका सचिव समिप राईले बताउनुभयो । ०७४ देखि निरन्तर रुपमा क्रमगत निर्माण हुँदै आएको खानेपानी योजनामा पाईप लाईन, ट्याँङकी, क्रसिङ र डिसि च्याम्बर लागयतको काम यस आर्थिक बर्षमा सम्पन्न भएको सचिव राईले बताउनुभयो ।
पहिलो आर्थिक बर्षहरुमा भने पाईप लाईन र रिजर्भ ट्याँङकीहरुलाई जोड दिएर काम भईरहेको थियो । यस खानेपानी योजनाले १ नं वडामा रहेको करिब ८४ घरधुरी परिवारहरु लाभान्वित भएका छन् । ककनी खानेपानी योजनाको काम अझै पनि बाँकी रहेको राईले बताउनुभयो । अब करिब ३० लाख बराबरको बजेट भए योजनाको सम्पूर्ण काम सकिने राईले बताउनुभयो ।
योजनाको लागि समितिले काम निरन्तर गरे पनि देशको राजनीतिक अस्थितरताका कारण समयमा भने जस्तो बजेट नपाउँदा काम लामो समय सम्म लम्वीने समितिको भनाई छ । समितिका अनुसार यो बर्ष भने यस योजनालाई संघ निकायले बजेट नहालेको बताए । यहि आर्थिक बर्षमा हाल्नु पर्ने बजेट बिचमा संसद बिघटनका कारण बजेट पारित हुन सकेन । समितिले यस आर्थिक बर्षको आयब्याय पनि उपभोक्ताहरुको सहभागीतामा सार्वाजानिक गरिसकेको छ ।
