
पूर्णपुष्टि, माघ २ ।
ताप्ली गाउँपालिका, उदयपुरकाे सहयाेग तथा नेपाल मगर संघ ताप्लीकाे आयाेजनामा माघे सकराती, मगर माैलिक सांस्कृतीक कार्यक्रम ताप्ली-३ निगालबासमा भब्यरुपले सम्पन्न भयाे ।
मगर संस्कृती र कलाकाे जगेर्ना गर्ने, भाषा, भेषभुषाकाे संरक्षण, सम्बर्धन गर्ने उद्देश्यले कार्यक्रम आयाेजना गरिएकाे हाे ।
कार्यक्रममा राष्ट्रिय कलाकार शिव थापामगरले हुर्रा गीतमा नचाएका थिए साथै हुर्रा नाच तथा सांस्कृतिक गीत तथा नृत्य प्रस्तुत गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि पालिका उपाध्यक्ष धना मगरले कार्यक्रमलाई सम्बाेधन गर्दै मगर समुदाय सांस्कृतिक क्षेत्रसंगै शिक्षा क्षेत्रमा पनि अगाडि बढ्नु पर्ने बताउनुभयाे । यसका लागि पालिकाकाे सहयाेग रहेकाे बताउनुभयाे । पालिकाले मगर जाती मात्र नभई सबै जातजातिकाे भाषा, संस्कार, संस्कृती जगेर्ना र शिक्षा, स्वास्थ्य पहुचमा जाेड दिदै आएकाे बताउनुभयाे ।
विशेष अतिथि मगर संघका केन्द्रीय सदस्य केशव खपाङ्गीले मगरहरु सामाजिक, सांस्कृतिक, राजनितिक सबै हिसावले अगाडि बढ्नुपर्ने बताउनुभयाे ।
वडाध्यक्ष रङ्गमान तामाङ, नेपाली काङ्ग्रेसका नेता जन्मजय राई, नेपाल पत्रकार महासंघ उदयपुरका अध्यक्ष भरत खड्का, नेपाल आदिवासि जनजाति महासंघ ताप्लीका अध्यक्ष फडिन्द्र राई, संघका प्रदेश प्रथम उपाध्यक्ष राजु खप्तडी मगर, संघका जिल्ला अध्यक्ष हरि आलेमगर, नेपाल बाैद सेवा समाज प्रदेश अध्यक्ष केदार राना मगर, संघकी कटारी सचिव सविता मगर लगायत अतिथिहरुले शुभकामना मन्तब्य राखेका थिए । कार्यक्रममा बृद्धबृद्धाहरुलाई सम्मान र कलाकारहरुलाई प्राेत्साहन पुरस्कार प्रदान गरिएकाे थियाे ।
चाैतारी युवा क्लवकाे प्राङ्गणमा भएकाे कार्यक्रममा क्लव आवद्ध युवाशरुकाे विशेष सहयाेग रहेकाे थियाे । कार्यक्रम ताेपबहादुर मगरकाे अध्यक्षतामा भएकाे थियाे ।
फाेटाे फिचर