Thursday, June 18News That Matters

ताप्लीमा सडक मर्मत संम्भारको काम तिव्र

पूर्णपुष्टि, साउन ९
ताप्ली गाउँपालिकामा बर्षातले बिगारेको सडकहरुको मर्मत संम्भार काम तिव्र भैरहेको छ । पालिकाको ४ र ५ नं वडा रुपाटार – ठानागाउँ सडकहरु अहिले धमाधम मर्मत भैरहेको अवस्था छ । उक्त सडकहरु पालिकाको ५ नं वडाले जेसिवी र ट्याक्टर लगाएर बाटो मर्मत भैरहेको हो ।

बर्षातमा सडकहरु हिलाम्मे र पानीले खोलीएको सडकहरुलाई मिलाउने र सम्याउने काम पछि अहिले बाटो हिड्न सहज भएको स्थानीयहरुले जनाएको छ । यस अघि पनि पालिकाले बिग्रेको सडकहरुको मर्मत गरेका थिए ।