ताप्ली अध्यक्ष विककाे सेवा घर अवलोकन

पूर्णपुष्टि, असोज १३ ।
ताप्ली गाउँपालिका, उदयपुरका अध्यक्ष ढुंगराज वि.क.ले गाईघाटमा स्थापना भएको साझा सेवा घरको अवलोकन आज गरेका छन् । संस्थाले विधानमा जिल्लाका सबै पालिका प्रमुखलाई संरक्षक राख्ने उल्लेख गरेको छ । संरक्षणको हैसियतमा अध्यक्ष वि.क.ले सेवा घरको अवलोकन गर्दै सहयोगको प्रतिबद्धता ब्यक्त गरे ।

“पालिकाको तर्फबाट यो मानवीय सेवामा सहयोग हुनेछ” अध्यक्ष वि.क.ले भने । हाल सेवा घरमा रहेका तीन बालबालिकालाई भेट्नुका साथै बस्ने, पढ्ने खाने ठाउँ र अन्य ब्यवस्थापनको जानकारीसहित अवलोकन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0