Friday, June 12News That Matters

ताप्ली गाउँपालिकाको ५ वडामा कस्ले कहाँ जिते ?

पूर्णपुष्टि, जेठ ३
उदयपुर जिल्लाको ताप्ली गाउँपालिकाका ५ वटा वडाको मतगणना सकिएसँगै वडा अध्यक्षहरु विजय भएका छन् । ताप्लीमा प्रमुखमा ढुङ्गराज विश्वकर्मा १७८७ मतका साथ विजय भएका छन भने उपप्रमुखमा धनमाया मगर २५८६ मतका साथ विजय भएकी हुन ।

५ वटा वडा मध्ये २ वडामा एमाले र २ वडामा काग्रेसले जित हासिल गरेको छ । यता एउटा वडामा गठबन्धनले जित हासिल गरेको छ ।

१ नं. वडामा एमालेको प्यानलै विजय भएको छ । ३९९ मत ल्याएर उद्धव हमाल वडा अध्यक्षमा विजय भएका छन भने वडा सदस्यहरु सरोज राई, तेज बं. राई, पदम माया सुनुवार र मन कुमारी सार्की विजय भएका छन् ।

२ नं. वडामा एमालेबाट २५८ मत ल्याएर छत्र बं. क्षेष्ठ विजय भएका छन । खुल्ला सदस्यमा काग्रेसबाट डोलराज राई र चक्र बं. राई निर्वाचित भएका छन भने एमालेबाट महिला सदस्यमा कविता राई र दलित महिला सदस्यमा तुलामाया सार्की निर्वाचित भएका छिन ।

३ नं. वडामा काग्रेसबाट ६०६ मत ल्याएर रंगमान तामाङ विजय भएका छन । खुल्ला सदस्यमा काग्रेसबाट छविलाल गर्जा मगर र माओवादीबाट भरत सिं तमाङ निर्वाचित भएका छन भने महिला सदस्यमा एमालेबाट पदम माया सुनुवार र दलित महिला सदस्यमा माओवादीबाट सिता कुमारी वि.क. निर्वाचित भएका छिन ।

४ नं. वडामा काग्रेसबाट ४२५ मत ल्याएर उमेश कुमार मगर विजय भएका छन । खुल्ला सदस्यमा काग्रेसबाट दल बं. ठकुरी र प्रेम बं. मगराती निर्वाचित भएका छन भने महिला सदस्यमा मालोवादीबाट भिम माया मगर र दलित महिला सदस्यमा तेली माया सार्की निर्वाचित भएका छिन ।

५ नं. वडामा गठबन्धनबाट ५८२ मत ल्याएर विष्णु कुमार क्षेष्ठ विजय भएका छन । त्यस्तै खुल्ला सदस्यमा काग्रेसबाट तेज प्रसाद गिरी र एमालेबाट प्रदिप कुमार राई निर्वाचित भएका छन भने महिला सदस्यमा काग्रेसबाट प्रेम कुमारी क्षेष्ठ र दलित महिला सदस्यमा एमाया परियार निर्वाचित भएका छिन ।