Friday, February 7News That Matters

ताप्ली गाउँपालिकामा हुलाक कार्यालय स्थापना

पूर्णपुष्टि, माघ १४ । उदयपुरको पहाडी क्षेत्रमा रहेको ताप्ली गाउँपालिकामा पहिलो पटक हुलाक कार्यालय स्थापना गरिएको छ । सरकारको ‘एक पालिका एक हुलाक कार्यालय’ कार्यक्रम अन्तर्गत रुपाटारमा स्थापना गरिएको यो कार्यालयको आज जिल्ला हुलाक कार्यालयका सुब्बा खिलराज बस्नेतले एक समारोहका बीच उद्घाटन गरे ।

कार्यालय प्रमुख उमा विकका अनुसार तीन जना कर्मचारीको टोलीले सेवा प्रवाह सुरु गरिसकेको छ । कार्यालयले चिठीपत्र वितरण, हुलाक टिकट बिक्री लगायतका आधारभूत हुलाक सेवाहरू प्रदान गर्नेछ । ‘पहाडी क्षेत्रका बासिन्दाले लामो समयदेखि हुलाक सेवाको माग गर्दै आएका थिए । अब स्थानीय स्तरमै सहज रूपमा हुलाक सेवा उपलब्ध हुने भएको छ,’ कार्यालय प्रमुख विकले बताइन् ।

यस अघि ताप्ली गाउँपालिकाका बासिन्दाले हुलाक सेवाका लागि टाढा जानुपर्ने बाध्यता थियो । नयाँ कार्यालय स्थापनासँगै स्थानीयवासीलाई सरकारी हुलाक सेवा सहज रूपमा उपलब्ध हुने अपेक्षा गरिएको छ ।