Sunday, June 28News That Matters

ताप्लेजुङमा रेडपाण्डा अध्ययन केन्द्र बन्ने

पूर्णपुष्टि, कात्तिक ६

ताप्लेजुङमा रेडपाण्डा अध्ययन तथा अनुसन्धान केन्द्र बन्ने भएको छ ।
फुङ्लिङ नगरपालिका–९ पाथीभरा क्षेत्रको देउराली सामुदायिक वन क्षेत्रमा रेडपाण्डा अध्ययन तथा अनुसन्धान केन्द्र बन्ने भएको हो ।

१ करोड ५७ लाख लागतमा जैविक विविधता तथा वन्यजन्तुको अध्ययन र अनुसन्धान गर्ने उद्देश्यले केन्द्रको भवनको निर्माण भईरहेको छ । यस केन्द्र बनेपछि वन र वन्यजन्तुको संरक्षणमा सहयोग पुग्ने छ ।

जैविक विविधता संरक्षणलगायत वातावरणमैत्री सेवाको प्रवद्र्धन गर्न, पर्यटन व्यवसाय सञ्चालन गरी वन उपभोक्ता समूहको आयआर्जनका स्रोत स्थापित गर्न तथा महत्वपूर्ण जडिबुटी, रेडपाण्डा र संरक्षित जंगली जनावर, पंक्षी र दुर्लभ प्रजातिको प्रदर्शनी थलो बनाउन केन्द्र प्रभावकारी हुने पालिकाले जनाएको छ । रेडपान्डा दुर्लभ वन्यजस्तुको सूचीमा पर्छ ।