
पूर्णपुष्टि, कात्तिक ६
सुर्खेतमा दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित चार जना पक्राउ परेका छन् ।
दैलेख नौमुले गाउँपालिका–२ का मनोज विक, नौमुले–३ का मनबहादुर सुनार र पदमबहादुर सुनार र नारायण नगरपालिका–९ की सविता थापा पाण्डाको छालासहति पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएकोछ ।
उनीहरुलाई वीरेन्द्रनगर–६ गोदाम लाइनमा रहेको भावना पञ्चकोशी होटेलबाट हिजो पक्राउ परेको प्रहरीले जनाएको छ । उनीहरुको साथबाट दुई थान रेडपाण्डाको छाला बरामद गरिएको प्रहरी जनाएको छ ।
