Saturday, June 6News That Matters

गाडीको ठक्करबाट १ पैदलयात्रीको मृत्यु

पूर्णपुष्टि, कात्तिक ६

ललितपुरमा गाडीको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको छ । बालकुमारीमा नम्बर नखुलेको गाडीले पैदल यात्रीलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
गाडीको ठक्करबाट घाइते भएका ललितपुर महालक्ष्मीस्थानका ७८ वर्षका बाबुकाजी श्रेष्ठको उपचारको क्रममा बी एण्ड बी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परि घाइते भएका ७० वर्षका भाइलाल महर्जनको बी एण्ड बी अस्पतालमै उपचार भइरहेको छ । ठक्कर दिएर फरार भएको गाडी र चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।