
पूर्णपुष्टि, कात्तिक ६
भुकम्पले भत्केका करिब २ हजार विद्यालयको पुनर्निर्माण हुन बाँकी रहेको छ । अहिलेसम्म भूकम्पले भत्केका ६ हजार १८ वटा विद्यालय पुनर्निर्माण भईसकेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ ।
२०७२ बैशाख १२ गतेको भूकम्पले ३२ जिल्लामा ८ हजार विद्यालयमा क्षति पु¥याएको थियो ।
भूकम्प गएको ५ वर्ष ५ महिनामा ६ हजार १८ विद्यालयको पुनर्निर्माण सकिएको प्राधिकरणले जनाएको छ । कोरोना सङ्क्रमण जोखिमपछि सरकारले गरेको ४ महिनाको लकडाउनका कारण विद्यालयको पुनर्निर्माणमा केही समस्या भएको प्राधिकरणको केन्द्रीय आयोजना कार्यान्वयन इकाई शिक्षाले जनाएको छ ।
चालु आर्थिक वर्षमा १ हजार ५ सय विद्यालयको काम भइरहेको र झण्डै ४ सय विद्यालय भने जग्गा अभाव र भूकम्पपछि मर्ज भएका कारण पुनर्निर्माणको सूचीबाट हटाइएको आयोजनाले जनाएको छ ।
जग्गा नभएका विद्यालयका लागि जग्गा खोजी गर्न प्राधिकरणले पालिकालाई आग्रह गर्दै आएको छ । प्राधिकरणको थपिएको अवधि असार मसान्तसम्म विद्यालयको पुनर्निर्माणको काम निरन्तर चल्ने र बाँकी रहेका विद्यालय शिक्षा मन्त्रालय अन्तर्गत पुनर्निर्माण इकाईमार्फत् काम हुने जनाईएको छ ।
