
पूर्णपुष्टि, कात्तिक ६
नेपाल राष्ट्र बैंकले आजदेखि २० रुपैयाँको नयाँ नोट बजारमा ल्याउने भएको छ ।
साविकको आकार, रंग र बाह्रसिङ्गेको चित्र रहेको २० रुपैयाँको नयाँ नोट चलनचल्तीमा ल्याउन लागेको बैंक अन्तर्गतको मुद्रा व्यवस्थापन विभागले जनाएको छ ।
नोटको अग्र भागमा बायाँतर्फ सगरमाथाको चित्र, दायाँतर्फ लालीगुराँसको पानी छाप, तत्कालिन गभर्नर डाक्टर चिरञ्जीवी नेपालको दस्तखत तथा तल्लो भागको बोर्डरमा सिरिज नम्बर नेपालीमा वि.सं. २०७६ लेखिएको हुनेछ ।
त्यस्तै पृष्ठ भागमा नोटको मध्य भागको माथिल्लो खण्डमा अंग्रेजीमा नेपाल राष्ट्र बैंक लेखिएको, मध्य भागमा बाह्रसिङ्गे चित्र रहेको, तल्लो भागको बोर्डरमा अंग्रेजीमा रुपिज् ट्वान्टी लेखिएको र सिरिज नम्बर अंग्रेजीमा २०२० एडी लेखिएको हुनेछ ।
