
पूर्णपुष्टि, २३ माघ ।
माओवादी मजदुर पार्टीले ताप्लेजुङ पाथिभारामा बन्ने केवुलकार घातक भएको जनाएको छ । माघ २० गते केन्द्रीय समितिले प्रेस बिज्ञाप्ती जारी गर्दै केवुलकार बन्न नहुने पक्षमा राय दिएको छ । केन्द्रीय महासचिव हिमाल सिंह राईले स्थानीय जनताहरुको इच्छा विपरिद सरकारले व्यपारी चन्द्र ढकाललाई केवुलकार निर्माणमा सहमति दिएको भन्दै जवरजसस्ति नगर्न आह्वान गरे । लिम्वु समुदायको संस्कृति मुकुम्लुङ मासेर निर्माण गरिने केवुलकार बिकास नभई बिनास रहेको विज्ञाप्तीमा उल्लेख छ । सबैको संस्कृतिलाई साझा र सम्मान गर्न मार्टीले सरकारलाई आह्वान समेत गरेको छ । केवुलकार विवादमा भएको झडप प्रति आपत्ति जनाउँदै गोली ठोकेर गर्ने विकासको विरोध समेत गरे । घाईतेहरुलाई निशुल्क उपचार र गोली ठोक्नेलाई कार्वाहीको माग समेत गरेको छ ।