Friday, January 24News That Matters

तामाङ सञ्चार समुह उदयपुरको नेतृत्वमा नरेशमोहन

पूर्णपुष्टि/उदयपुर, फागुन ५ गते

-तामाङ सञ्चार समुह उदयपुरको दोस्रो जिल्ला अधिवेशनले नरेशमोहन तामाङको अध्यक्षतामा ७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।

ढिम्कि पिकनिक स्पोर्टमा सनिबार आयोजित अधिवेशनबाट सचिवमा अमृत तामाङ, कोषाध्यष सन्तोषीकला तामाङ सर्वसहमत चयन भएका छन् भने सदस्यहरुमा प्रकास तामाङ, पदम गोले, ललीत तामाङ र सन्तोष तामाङ चयन भएका छन् । केन्द्रिय पार्षदहरुमा विश्वराज तामाङ र जयन्तीकला तामाङ चयन भएका छन् ।

कार्यक्रममा निवर्तमान अध्यक्ष विश्वराज तामाङले सांगठनिक तथा आर्थिक प्रतिवेदन प्रस्तुत गरको थिए । नेपाल पत्रकार महासंघ उदयपुरका पूर्व अध्यक्ष इश्वर तामाङको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा विभिन्न अतिथिहरुले शुभकामना मन्तब्य राखेका थिए । अधिवेशनसंगै पिकनिक कार्यक्रम भएको थियो ।