तास र नगद सहित ६ जना जुवाडे पक्राउ

पूर्णपुष्टि, मंसिर ६  झापाको दमक नगरपालिका २ का मोहन कुमार तामाङको घरबाट तास खेलिरहेको अबस्थामा तामाङ सहित ६ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा घर धनि मोहन कुमार तामाङ, सोही स्थानका ३८ बर्षीय पुर्ण प्रसाद शिवाकोटी, ३० बर्षीय बिनोद श्रेष्ठ, ३७ बर्षीय दिल बहादुर श्रेष्ठ, सोही स्थान ३ का ३४ बर्षीय सुरेन्द्र नेम्वाङ र कमल गाऊपालिका ६ का ४१ वर्षीय दुर्गा बहादुर राई रहेका छन् ।

हिजो बेलुका साढे ४ बजे ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले उनिहरुलाई ३ बुङ तास र नगद रु.१ लाख २० हजार ५०० सहित पक्राउ गरेको हो । पक्राउ परेका छ जनाको थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
%d bloggers like this: