तिनकुनेमा एकै परिवारका ३ सहित ४ जनाको हत्या, एक युवक प्रहरी नियन्त्रणमा

पूर्णपुष्टि, भदौ ३० । काठमाडौंको तीनकुनेस्थित गैह्रीगाउँमा एकै परिवारका ३ सहित ४ जनाको हत्या भएको छ ।

दिव्य स स् मिलमा कार्यरत दोलखा घर भएका करिब ५५ वर्षीय कुमार भुजेल, उनकी श्रीमती शुभद्र वाइवा र कुमारकी आमा करिब ७० वर्षीया सुमित्रा भुजेल र मोरङ घर भएका करिब १९ वर्षीय नवीन राई हत्या भएको उपत्यका प्रहरी कार्यालयका प्रमुख एआईजी दीपक थापाले जानकारी दिए ।

एआईजी थापाका अनुसार शुक्रबार राति दिव्य सस्मिल भित्र धारिलो हतियार प्रहार भएको गहिरो चोट लागेको अवस्थामा चार जनाको शव भेटिएको हो । हत्या प्रकरणमा संलग्न भएको आशङ्कामा एक युवकलाई समेत नियन्त्रणमा लिएको एआईजी थापाले बताए । उनका अनुसार सामुहिक हत्या आशंकामा अनुसन्धाको लागी २८ वर्षीय दीपेन्द्र राईलाई पक्राउ गरिएको छ । राईलाई कपडा र जुत्तामा रगत लागेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको हो । उनले मदिरा सेवन गरेको पाइएको छ ।

घटनाको यकिन कारण खुलेको छैन् । घटनाको थप अनुसन्धानका लागि उपत्यका प्रहरी कार्यालय रानीपोखरी र प्रहरी परिसर काठमाडौंको टोली सहित नेपाल प्रहरीको केनाइन महाशाखाबाट ट्रयाकर कुकुरहरू समेत परिचालन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0