
पूर्णपुष्टि/भदौ १५
वल्र्डभिजनको आर्थिक सहयोग र तिन ओटा संस्थाको साझेदारीमा भएको कामको संयुक्त स्थलगत अनुगमन भएको छ ।
हुरेण्डेक उदयपुर, जाल्पा युवा समूह र नेस्पेक उदयपुरले गरेको उदयपुरगढी गाउँपालिका वडा नं १ तावाश्री अवस्थित शिखरपुर, हुलाक भञ्याङ, व्वाँसेटार लगाएतका ठाउँहरुमा बिभिन्न सहजीकरण कामको स्थलगत अनुगमन भएको हो ।
कामको उचित मुल्याङकन र वडावासीहरुले पाएको सेवा सुविधा साथै अबको योजनाहरु के हनु पर्छ भन्ने बिषयलाई ख्याल गर्दै कार्यक्रम अनुरुप बिभिन्न सम्बन्धित व्यक्तिहरुको संयुक्त टोलीले अनुगमन गरेका थिए ।
अनुगमनमा तिन संस्थाहरुको आआफ्नै क्षेत्रमा आधारित कामको अनुगमन भएको छ । बिषेश गरी हुरेण्डेकले शिक्षा, स्वास्थ्य, खानेपानी, र सामुहिक चुल्हो जस्ता महत्वपूर्ण काममा सहजीकरण गरेका थिए ।
त्यस्तै जाल्पा युवा समुहले बालमैत्री स्थानीय साशन अन्र्तगत वडा स्तरीय वाल संरक्षण स्थानीय विपत तथा जलवायु न्युनिकरण जस्ता क्षेत्रमा काम गरेका थिए । भने नेस्पेक उदयपुरले कृषि सम्बन्धित बिभिन्न काममा सहजीकरण गरेका थिए ।
अनुगमन टोलीले यी तिनै संस्थाका बिभिन्न कामहरुले वडावासीहरुलाई पुगेको फाईदाको बारे र अब गर्नु पर्ने थुप्रै कामहरु लाई संस्थाहरुले निरन्तरता दिनु पर्नेमा जोड दिएको छ ।
हुरेण्डेक
हुरेण्डेकले १ नं वाडामा बर्ष भरी निकै उपलब्धी कामहरु गरेको छ । वल्र्ड भिजनको १३ लाख १७ हजार ६ सय ६२ रुपयाँ आर्थिंक सहयोग र उदयपुर मात्रृ तथा वाल स्वास्थ्य र पोषण परियोजना अन्तर्गत गाउँघर क्लिनिक भवन निर्माणमा हुरेण्डेकको साझेदारी रहेको छ ।
यस परियोजना अन्र्तगतमा ट्वाईलेट बाथ्रुम सहित २ कोठे भवन निर्माण भएको छ । २०७४÷११÷१३ बाट काम सुरु गरी २०७५÷०४÷१८ सम्म काम सक्नु पर्ने सम्झौता भई लक्ष्मि निर्माण कम्पनी काठमाण्डोले कामको जिम्मा लिएको थियो । सो काम अहिले अन्तिम चरणमा पुगेको छ ।
बर्खाको कारण बाटोको समस्या र भनेको समयमा सामान नपाउनाले काम अलिक ढिलो भएको निर्माण समितिको अध्यक्ष युक्त बहादुर सुशेली मगरले बताए ।
त्यस्तै हुलाक भन्ञ्याङ स्थित हुरेण्डेकै साझेदारीमा सकरात्मक झुकावको लागि समुहिक चुल्हो अन्तर्गत मखमली स्वास्थ्य आमा समुह र सयपत्री स्वास्थ्य आमा समुहको बच्चाहरुको स्वास्थ्य अवस्था बारे पनि अनुगमन गरिएको छ ।
३३ जना आमाको बच्चाहरुलाई तौल लिदा १३ जना आमाका बच्चाहरु भने कुपोषितको कारण कम तौलको पाईएको हुदा तत्काल सुपोषि बनाउने अभियानमा आमा समुह गठन भएको हुरेण्डेकको कार्यक्रम अधिकृत जितन राईले बताए ।
कम तौलमा परेका बच्चाका आमाहरुलाई १२ दिन सम्म एउटै समुहमा भेला गराई गाउँघरमै पाईने बिभिन्न पोषण युक्त अन्न तथा साग सब्जीहरुको परिकार बनाएर बच्चालाई खुवाउने र खाने तरिका सिकाएको पनि राईले बताए ।
अहिले १२ दिन पश्चात घरमै आमाहरुले आफै बनाएर दैनिक बच्चाहरुलाई खुवाईरहेको छ । गाउँघरमा पाईने साग, अन्न दुध, पिठो लगाएत पोषिलो खानालाई मिसाएर जाउली, लिटो, खिर बनाएर दैनिक रुपमा आमाहरुले बच्चालाई खुवाउन थालेपछि बच्चाको तौलमा बृद्धि भएको फिल्ड अफिसर तथा सहजकर्ता अनिसा मगरले बताए ।
मगरका अनुसार अहिले बच्चाहरुको तौल धमाधम १ सय ग्राम देखि २ सय ग्राम सम्म बढिरहेको छ ।
त्यस्तै अन्य खानेपानी योजना निर्माण र स्वास्थ्य आमा तथा बच्चाहरुलाई बर्थिङ सेन्टर स्वास्थ्य तथा चेतनशिलमा ध्यान राख्न आमा समुहहरुमा पनि हुरेण्डेकले साझेदारी गरी काम गरेको अधिकृत राईले बताए ।
जाल्पा युवा सनमूह
त्यस्तै जाल्पा युवा समूहले पनि भर्ष भरी बिभिन्न कामको सहजीकरण गरेको छ ।
बालमैत्री स्थानीय साशनमा जहजीकरण, वडा स्तरीय बाल संरक्षण प्रवद्र्धन समितिलाई बालबालिकाहरुको काम, कर्तव्य र अधिकार सम्बन्धि मनोविज्ञान तालिम व्यवस्था, बालविबाहको वस्तुगत डाटा संकलनमा सहयोग, बालबिबाह सम्बन्धि सचेतना फैलाउने होर्डिङ वोर्डको व्यवस्था, आचार संहिता सुचक सम्बन्धि होर्डिङ बोर्ड लगाएतका काममा जाल्पा बाट सहजिकरण भएको जाल्पा युवा समुहका अनुगमन अधिकृत रुद्र पोखरेलले बताए ।
पोरेलले अहिले बालसंगठनको संस्थागत विकास र नियमित बैठकले त्रियाशिल भएर अगाडी बढ्नमा सहजीकरणको ठूलो भूमिका रहेको पनि बताए ।
नेस्पेक उदयपुर
नेस्पेक उदयपुरले बिषेश गरी कृषि र पशुपालनमा आधारित रहेर काम गरेको छ ।
गरिबि न्युनिकरण र आर्थिक पाटोलाई ध्यानमा राख्दै सामुहिक कृषक समुहलाई कृषि सम्बन्धि जानकारी र पशुपालनको लागि बाख्रा, बोका र सँगुर वितराणको योजना गरेको नेस्पेक उदयपुरको अनुगमन अधिकृत सिरोमणी खतिवडाले बताए ।
अनुगमनमा जिल्ला समन्वय समितिका सिएफएलजी अधिकृत रारकुमार खड्काले बालबालिका सम्बन्धि थुपै्र कुराहरुको जिज्ञासा राखे । अहिले निकै बालबालिकाहरु चेतनशिल र स्तरउन्नती हुदै गएको उनले पुष्टि गरे ।
खड्काले सबै कामको अनुगमन गर्दै कामको उचित मुल्याङकन र अब गर्नु पर्ने कामहरुको बारेमा सुझाव दिएका छन् ।
१ नं वडाको वडाअध्यक्ष खेद बहादुर मगरले संघसस्थाहरुले थुप्रै विकास तथा सचेतनाको काममा वाडावासीहरुलाई सेवा पुराएको बताएका छन् । स्थानीय सरकारले गर्नुपर्ने काममा संघसस्थाहरुले विकास लगाएतको महत्पूर्ण काममा हात लगाएर सहज बनाएको मगरले बताए ।
बिभिन्न सेवा पाएपछि वडावासीहरु अहिले निकै सचेत अनि खुसी पनि भएको छ । क्लिनिक भवन नहुदा बाहिर बसेर चेक जाँच गराउनु पर्दा निकै समस्या रहेको वडावासीहरु बताउँछन ।
अझै महिलाहरुको कुनै भित्रि चेकजाँहरु गोप्य हुने हुदा भवन नहुदा बाहिर बसेर उपचार तथा चेकजाँमा अप्ठ्यारो हुने उनिहरु भनाई छ । भवनमा प्राथामिक उपाचारको समेत व्यवस्था हुने भएकाले उनिहरुमा निकै खुसीको आसा जागेको छ ।
यता सामुहिक चुल्हो कार्यक्रममा निकै सुधार आएको आमाहरु नै बताउछिन् । आर्थिक समस्या, चेतनाको अभाव र कामको दवावमा बच्चाहरुलाई स्वास्थ्य बनाउन नसकेका आमाहरुको भनाईछ । यतिवेला पौष्टिक आहारा बनाएर खान खुवान सिके पछि बच्चाहरु निकै फेरिएको दिलमाया मगरले बताईन् ।
यता कृषिमा भने वडावासीहरुले अलिक समस्या देखाएको छ । उत्पादनमा सम्वाभना भएको खेति उत्पादन गर्दा वजार र मुल्यले भने धोका दिएको कृषकहरुको गुणसो छ । कयौँ उत्पादन हुने अदुवाले भाउ नपाउदा कुहेर हैजानै फैलिने अवस्था समेत ब्यहोर्नु परेको कृषकहरुले बताए ।
तिन दिने कार्यक्रममा २ दिन स्थलगत अनुगमन सँगै एकदिन भने समिक्षा वैठक कार्यक्रम राखिएको थियो ।
कार्यक्रमको अन्तिम दिन भने अनुगमनमा देखिएको कुराहरुको सकरात्मक तथा नकरात्मक कार्यविधि सम्बन्धी छलफल गरिएको छ ।
कार्यक्रममा अनुगमनको क्रममा वडावासीहरुमा परेको अन्य समस्याहरुको समाधानमा अघि बढ्नु नै उचित हुने अनुगमनकर्ताहरुले व्यक्त गरे । थुपै्र कामहरु भईसकेको छ र अझै धेरैकुराहरु गर्नु बाँकिरहेको हुदा निरन्तर रुपमा लागि परेमा काम र संस्थाको नाम जिवित रहने उनिहरुले बताए ।
बैठकमा कुनै पनि काम गर्दा संघसस्थाले स्थानीय सरकार सँग समन्वय गरेर काम गर्नु नै सबैको भलाई हुने समिक्षा बैठकमा छलफल भएको छ ।