पूर्णपुष्टि, कार्तिक २ गते ।
तिहार नजिकिदैँ गर्दा सुनचाँदीको मूल्यमा गिरावट भएको छ । सुनको मूल्य प्रतितोला दुई सय रुपैयाँले घटेको सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज सुन प्रतितोला ९३ हजार दुई सय रुपैयाँ कायम भएको छ । हिजो सुनको मूल्य ९३ हजार चाँर सयमा कारोबार भएको थियो ।
यता, चाँदीको मूल्य पनि पाँच रुपैयाँले घटेको छ । आज चाँदीको मूल्य प्रतितोला ११ सय ७५ रुपैयाँ कायम भएको छ । हिजो चाँदीको मूल्य ११ सय ८० रुपैयाँमा कारोबार भएको थियो ।
