पूर्णपुष्टि, कार्तिक २ गते ।
उदयपुरको मालपोत कार्यालयमा मेगा बैंक लिमिटेडमार्फत एक्सेन्टसन काउन्टर आज (बुधवार) बाट उद्घाटन गरिएको छ । मालपोत र नापी कार्यालयका सेवाग्राहीलाई बैंकिङ कारोवार सहज बनाउन त्रियुगा नगरपालिका–१० बोक्सेमा काउन्टर उद्घाटन गरिएको हो ।
सो काउन्टरमा यी दुई कार्यालयबाट हुने नगदको सबै काम, राजस्व संकलनको काम बैंकमार्फत हुने शाखा गाईघाटका मेनेजर विष्णु कार्कीले बताए । यसले नगद हिनामिना तथा अपारदर्शीता हटेर जानेछ ।
अब मालपोत कार्यालयको सबै सेवाको आर्थिक कारोबार बैंकमार्फत नै हुने भएकोले सेवाग्राहीलाई सहज हुने र मालपोत कार्यालयलाई पनि आर्थिक पारदर्शिता सहज हुने विश्वास दिलाइएको छ ।
काउन्टर विस्तार गरेर सेवा र सञ्जाल विस्तार गर्ने बैंकको नीति अनुरुप मेघा बैंकले यसअघि पनि विभिन्न स्थानहरुमा एक्सेन्टसन काउन्टर विस्तार गरिसकेको छ । ग्राहाकको विश्वस जित्दै अघि बढ्दै गरेको मेगा बैंकको हातमा २ सय ८ वटा शाखा र २६ वटा एक्सेन्टसन काउन्टर सञ्चालित छन् ।

