चित्रकुमार कार्की
पूर्णपुष्टि, कार्तिक २ गते ।
वैदेशिक रोजगारीको सिलसिलामा मकाउमा कार्यरत नुवाकोटका सन्तोष तामाङले शारीरिक सुगठन (बडी बिल्डिङ) प्रतियोगितामा गोल्ड ट्रफी,गोल्ड मेडल ,ब्रोन्जी ट्रफी र सिल्भर १ विथ फर्स्ट प्लेस जित्न सफल भएका छन् ।
तामाङले मकाउ बडी बिल्डिङ एसोसेसनले गत अक्टोबर ११मा आयोजना गरेको खेलमा मकाउ, चीन, फिलिपिन्स लगायतका खेलाडीहरू सहभागी खेलमा ८० के।जी। तौलमा समुहमा तृतीय,१७० क्लासिक फिजिक्स तथा उचाइमा प्रथम९गोल्ड मेडल विथ गोल्ड ट्रफी० ,अक्टोबर ९ मा मकाउ र चाइनाको संयुक्त आयोजनामा आइरन गेम बडी बिल्डिङ तथा फिट्नेस चम्पियानसीप मकाउको अहिले सम्मकै बृहत् अनि उत्कृष्ठ खेलमा ८० के। जी। क्याटेगरीमा चौथो,१७० क्लासिक फिजिक्स तथा उचाइमा तेश्रो , सेप्टेम्बर १६ मा मकाउ र फिलिपिन्सको संयुक्त आयोजनामा फिलिपिन्स बडी बिल्डिङ तथा फिट्नेस एसोिएसनद्धारा आयोजना गरेको गेममा ७५ के। जी। मा द्वित्तिय,१७० क्लासिक फिजिक्स तथा उचाइमा तृत्तिय स्थानको उपाधि जितेको हुन्।
