तीन जना सवार मोटरसाइकल दुर्घटना हुँदा तीनैको मृत्यु

पूर्णपुष्टि, पुष १४
झापामा तीन जना सवार मोटरसाइकलमा दुर्घटना हुँदा तीनै जनाको ज्यान गएको छ । जिल्लाको दमक नगरपालिका–२ भाङबारीस्थित भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा एकै साथ तीन जनाको ज्यान गएको हो ।
प्र १–०२–०४३ प ६९२६ नम्बरको तीन जना सवार मोटरसाइकल गए राति आफैँ अनियन्त्रित भएर सडक छेउको रुखमा ठोक्किँदा एकैसाथ तीन जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।
मृत्यु हुनेमा मोटरसाइकल चालक खोटाङ चिसापानी–४ का २३ वर्षीय अनिल विक, चितवन राप्ती– ४ का १९ वर्षीय किसन सेन्चुरी र ताप्लेजुङ भुइखोला–३ का १९ वर्षीय अनिल लामगादे रहेका छन् ।
तीनै जनाको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक नवराज कार्कीले बताउनुभयो । मृतक सबै दमकको एक सुन पसलमा काम गर्दै आएका थिए । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान सुरु गरेको प्रहरी नायब उपरीक्षक कार्कीले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
%d bloggers like this: