Saturday, June 13News That Matters

तेश्रो वडा अध्यक्ष कप : फ्युजन फुटबल क्लब बोक्से बिजयी

पूर्णपुष्टि,चैत्र ४ । त्रियुगा नगरपालिका–५, बालुवाटारको खेल मैदानमा जारी वडा अध्यक्ष फुटबल कप प्रतियोगितामा फ्युजन फुटबल क्लब बोक्सेले जित निकालेको छ । शुत्रबार सम्पन्न प्रतियोगितामा फ्युजन फुटबल क्लब बोक्सेले गाईघाट फुटबल क्लवलाई १ गोलले पराजित गरेको हो ।

निर्धारित ६० मिनेटको खेलको पहिलो हाफ सम्म दुबै टिमले कुनै पनि गोल गर्न सकेको थिएन। दोश्रो हाफमा फ्युजन फुटबलका प्रबिन राईले १ गोल गरि टिमलाई जित दिलाएका थिए । खेल अबधिभर उत्कृष्ट प्रदर्सन गरेका प्रबिन राई खेलको म्यान अफ द म्याछ भए । त्रियुगा नगरपालिका वडा नम्बर ५ को आर्थिक सहयोग र श्रीपुर फुटबल क्लब श्रीपुरको आयोजनामा संचालित फुटबल प्रतियोगितामा जम्मा ८ टिमले भाग लिएका छन। शनिवार हुने खेल सितल युवा क्लब दमौती र सगरमाथा युवा क्लब राजाबास बिच हुने जनाईएको छ।