Saturday, June 13News That Matters

तेश्रो वडा अध्यक्ष कप : श्रीपुरको विजयी सुरुवात

पूर्णपुष्टि,चैत्र ३ । जिल्लाको त्रियुगा नगरपालिका–५, देउरीको बालुवाटार खेल मैदानमा विहिवार सम्पन्न तेश्रो वडा अध्यक्ष कप प्रतियोगिताका उद्घाटन खेलमा श्रीपुर फुटबल क्लवले विजयी सुरुवात गरेको छ । प्रतियोगिताको उद्घाटन खेलमा श्रीपुरले मोतिराजा फुटबल क्लवलाई ० को विरुद्ध ६ गोल अन्तरले हराउँदै जित हाप पारेको हो ।

सुरुवाताी खेलमा श्रीपुरका तर्पबाट जर्सि नम्बर ९ का खेलाडी ब्रीजेस मगरले प्रतियोगिताकोे १० औ र १७ औ मिनेटमै २ गोल गरि टिमलाई अग्रता दिलाएका थिए । पहिलो हापमा श्रीपुरकै ९९ नम्बर पवन मगर र १७ नम्बर खेलाडी अभिषेक मगरले ११ गोल गर्दै टिमलाई जित नजिक पुर्याएका थिए । प्रतियोगिताको दोश्रो हापमा थप २ गोल गर्दै श्रीपुर फुट्बल क्लबले जित सुनिस्चित गरेको छ । खेलको म्यान अफ द म्याच श्रीपुर बाट २ गोल गरेका ब्रीजेस मगर भए ।

त्रियुगा नगरपालिका वडा नम्बर ५ को संयोजन र श्रीपुर फुटबल क्लब श्रीपुरको आयोजनामा संचालित फुटबल प्रतियोगितामा जम्मा ८ टिमले भाग लिएका छन् । शुक्रवारको खेल गाईघाट फुटबल क्लब गाईघाट र फ्युजन फुटबल क्लब बोक्से क्लब बिच दिनको ३ः०० बजे हुने आयोजकले जनाएको छ।

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै त्रियुगा नगरपालिकाका सामाजिक बिकास समितिका संयोजन तथा वडा न ५ का वडा अध्यक्ष उद्धब कुमार थापाले स्थानिय स्तरमा फुटबलखेलको बिकास र खेलाडिहरुको उत्पादनमा वडा स्तरमा हुने खेलले ठूलो भुमिका रहने बताउनु भयो। उद्घाटनखेलमा त्रियुगा नगर खेलकुदका अध्यक्ष बिजय सिंह, सरस्वती सामुदायिक बनका अध्यक्ष दिपक बान्तवा लगायतले सुभकामना मन्तव्य राख्नु भएको थियो । फुटबल प्रतियोगिता चैत्र २ गते देखि ९ गते सम्म संचालन हुने आयोजकले जनाएको छ।