Monday, March 17News That Matters

त्रिजब क्याम्पस प्रदेश विश्वविद्यालय बनाउन जोड

पूर्णपुष्टि/उदयपुर असोज ८ गते ।

१ नं प्रदेशका मुख्य मन्त्रि शेरधन राईले उदयपुरको त्रियुगा जनता बहुमुखी क्याम्पसलाई प्रादेशिक विश्वविद्यालय बनाउन पहिलो नम्बरमै राखेर छलफल गर्ने बताए ।

क्यम्पसको ९ औँ साधरण सभालाई सम्बोधन गर्दै मुख्य मन्त्रि राईले क्याम्पसलाई प्रादेशिक विश्वविद्यालय बनाउन पहिलो नम्बरमै राखेर छलफल गर्ने बताए ।

मुख्य मन्त्रि राईले प्राज्ञिक तथा विज्ञ टोलिबाट स्थलगत निरिक्षण गराई अन्य विकल्प भन्दा पनि प्रदेश विश्वविद्यालय निर्माणमै जोड दिईने बताए ।

प्रदेश र स्थानिय तह बलियो नभई देश बलियो नबन्ने भएकोले
कार्यक्रममा उदयपुरका ६ प्रदेश सांसदहरुले त्रियुगा जनता बहुमुखि क्याम्पसलाई शैक्षिक हब बनाउनका निम्ति प्रादेशिक विश्वविद्यालय बनाउनु पर्ने माग राखेका थिए ।

प्रदेश सांसदहरु नारायण बुर्जा मगर, हिमाल कार्की, विमल कार्की, कला घले, अम्बिका थापा र सुनिता चौधरीले यस्तो माग राखेका थिए । साथै जिल्ला समन्वयन समितिका प्रमुख खड्ग बहादुर परियार र क्याम्पसका स्वतन्त्र विद्याथी युनियनका अध्यक्ष रोशन कार्कीले पनि सोही माग राखेका थिए ।

प्रदेश विश्वविद्यालय नै बन्न नसके पनि विकल्पको रुपमा आंगिक क्यम्पस वा कुनै संकाय रहने गरि निमार्ण गर्नु पर्नेमा जोड दिएको थिए ।

क्याम्पसकोे आर्थिक वर्ष २०७५/०७६ को अनुमानित आय व्याय ४ करोड ४९ लाख ८६ हजार ७ सय ४५ रुपियाँ क्याम्पस प्रमुख रमेश चन्द्र रोकाले प्रस्तुत गर्नु भएको थियो ।