Friday, June 12News That Matters

त्रिनपाका स्वतन्त्र मेयर उपमेयरका उम्मेदवाररुद्धारा १२ नं वडाका मतदाताहरुलाई मतदान गर्ने अधिकार दिलाउन आग्रह

पूर्णपुष्टि, जेष्ठ ६
त्रियुगा नगरपालिका मेयर उपमेयरका लागि स्वतन्त्र उम्मेदवारी दिएका अम्विका कुमारी रेग्मी र उपमेयरका उम्मेदवार राम किसन सदाले १२ नं वडाको मतदाताहरुको मतदान गर्नु पाउने अधिकारलाई सुरक्षित गर्न अनुरोध गरेको छ । दुवैले प्रेस बिज्ञाप्ती सार्वजानिक गर्दै नियम परिधि भित्र रहेको कानुनी व्यवस्थाको प्रयोग गरी तत्काल पून ः मतदानको कार्य अघि बढाउनु पर्ने बिज्ञाप्तीमा उल्लेख गरिएको छ । बिज्ञाप्तीमा वडामा भएको मतदान कार्य सम्बन्धित निकायबाट तत्काल निर्णय गरी पून ः मतदानलाई प्राथामिकता दिन आह्वान गरिएको छ ।

१२ नं वडा मतदान स्थलका निर्वाचन अधिकृतकै चरम लापर्वाहि र नियोजित समस्याको कारण त्यस वडामा मतदाताहरुले बिरोध गरेको छ । मतदाताहरुलाई भ्रम र झन्जट सिर्जाना गर्दै उनिहरुको अधिकार बन्चित गर्न खोजेको प्रति आफ्नो गम्भीर ध्यानाकर्षण रहेको बिज्ञाप्तीमा उल्लेख छ ।