
पूर्णपुष्टि, जेठ ७ । उदयपुरको त्रियुगा नगरपालिकामा अपाङ्गता स्वास्थ्य परिक्षण संगै अपाङ्गता परिचयपत्र धमाधम वितरण भईरहेको छ ।
त्रियुगा नगरपालिकाको आयोजनामा प्रदेश सरकार, करुणा फाउण्डेशन नेपालको त्रिपक्षीय लागत साझेदारीमा र राष्ट्रिय अपाङ्ग महासंघको प्राविधिक साझेदारीमा संचालित अपाङ्गता रोकथाम तथा पुनंस्थापना कार्यक्रम अन्र्तगत गत बैशाख २८ देखि नगरको विभिन्न वडाहरुमा अपाङ्गताहरुका स्वास्थ्य परिक्षण र परिचयपत्र वितरण भईरहेको छ ।
नगरपालिका भित्रका १६ वटै वडामा विभिन्न बर्ग समूहहरुका १९ शय ३२अपाङ्गता भएका मानिसहरु रहेको त्रियुगा नगरपालिको सामाजिक विकास कार्यक्रमका प्रमुख राजकुमार खड्काले बताएका छन् । खड्काको अनुसार नगरको १,२,३,४,१२, १४,१५,१६, वडाहरुमा अपाङ्गताहरुका स्वास्थ्य परिक्षण र अपाङ्गता परिचयपत्र वितरण सम्पन्न भईसकेको र अन्य वडाहरुमा भईरहेको बताए। अपाङ्गताहरुका आँखा,कान, फिजियोथेरापी,मेडिकल,लगायतका स्वास्थ्य परिक्षण गरिने प्रमुख खड्काले बताए ।