
पूर्णपुष्टि, मंसिर १५ । त्रियुगा नगरपालिकाले वडा नं. १२ मा यहि मंसिर १६ गते हुने उपनिर्वाचनको दिन नगरपालिका भित्र स्थानिय बिदा दिने निर्णय गरेको छ ।
त्रियुगा नगरपालिकाले एक सुचना जारी गर्दै निर्वाचन प्रयोजनको लागि नगरप्रमुख स्तरीय निर्णयबाट उपनिर्वाचनको दिन बिदा दिने निर्णय गरिएको जनाएको छ । निर्णयमा आकस्मिक सेवा बाहेक सामुदायिक बिध्यालय , नीजि बिध्यालय वडाकार्यालय , स्वास्थ सस्था,औद्योगिक प्रतिस्ठान वा अन्य सार्वजनिक स्थलहरुमा स्थानिय बिदा दिने उल्लेख गरिएको छ । उक्त वडामा रिक्त वडा अध्यक्ष पदका लागी निर्वाचन हुदै छ । वडा अध्यक्ष पदको लागी एक स्वतन्त्र सहित ९ दल चुनावी मैदानका उत्रेका छन् ।
