
पूर्णपुष्टि, बैशाख ३१ । उदयपुरको त्रियुगा नगरपालिकाले संस्थागत विद्यालयहरुको मासिक शुल्क निर्धारण गरेको छ । सोमबार त्रियुगा नगरपालिकाले पत्रकार सम्मेलन गर्दै संस्थागत विद्यालयहरुको शुल्क निर्धारण गरिएको जानकारी दिएको हो । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको परिपत्र अनुसार संस्थागत विद्यालयको मापदण्ड तथा संचालन निर्देशिका २०६९ अनुसार संस्थागत विद्यालहरुको वर्ग र शुल्क निर्धारण गरिएको नगरपालिकाले जनाएको छ ।
शुल्क निर्धारण गर्दा व्यावहारिक र बैज्ञानिक बनाउदै शुल्कमा एकरुपता ल्याउन नगर क्षेत्रमा संचालनमा रहेको विद्यालयहरुले आफुले लिदै आएका शुल्कको विवरण नगरपालिकाले माग गरेको त्रियुगा नगरपालिका प्रमुख बसन्त कुमार बस्नेतले जानकारी दिए । सो अनुसार विद्यालयहरुले आफुले लिदै आएको शुल्कको विवरण नगरपालिकालाई उपलब्ध गराएपश्चात सरकोरवाला संस्था, संस्थागत विद्यालयहरुको छाता संगठन प्याब्सन र एन प्याब्सनका नगर अध्यक्षहरु समेतको उपस्थितीमा भएको बैठकले शुल्क निर्धारण गरी नगरपालिकालाई सिफारिस गरेको नगर प्रमुख बसन्तले बताए ।
हाल वर्गिकरणमा परेका विद्यालयले तोकिएको वर्गिकरणको सूचक एवं मापदण्ड पुरा गरी आफ्नो विद्यालयको स्तरउन्नती गरि पुन:वर्गिकरण थप गर्न चाहेमा प्रत्येक वर्षको पुष मसान्तभित्रमा नगरपालिकामा आवेदन दिएपश्चात नगरपालिकाले अनुगमन गरि वर्गिकरण थप÷घट गर्न सकिने प्रवक्ता कटुवालले बताए ।
नगरपालिकाले निर्धारण गरेको भन्दा बढी शुल्क विद्यालयले लिएको भएमा दोस्रो महिनाको शुल्क बुझ्दा बढी भएको शुल्क मिलान गर्नको लागि सम्पूर्ण विद्यालयहरुलाई परिपत्र गरिएको र निर्णय कार्यान्वयन नगरेको पाईएमा कार्यान्वयन नगर्ने विद्यालयहरुलाई नियमानुसार आवश्यक कारवाही गरिने प्रवक्ता कटुबालले बताए । साथै विद्यालयले आफ्नो विद्यायको बर्ग र निर्धारण भएको शुल्कको विवरण विद्यालय हाता भित्र सबैले देख्ने गरि वडापत्रको रुपमा सार्वजनिक गर्न नगरपालिकाले पत्रचार समेत गरेको छ ।
त्रिनपामा संस्थागत ३६ वटा विद्यालय मध्ये २ वटा विद्यालय मात्र ‘ख’ वर्गमा परेको छ भने ८ वटा विद्यालय ‘ग’ वर्ग परेको छ । त्यस्तै अन्य विद्यालयहरु ‘घ’ वर्गमा परेको छ भने ‘क’ वर्गमा भने एउटा विद्यालय पनि परेको छैन् ।
संस्थागत विद्यालयहरुको वर्ग र शुल्क यस प्रकार छ ।