Thursday, June 11News That Matters

त्रिनपा १२ का वडाअध्यक्ष काफ्लेको उपचार सम्भव नभएपछि घर फर्काईयो

पूर्णपुष्टि, फागुन १३ । दुुर्घटनाका कारण घाइते भएका उदयपुरको त्रियुुगा नगरपालिका वडा नं. १२ का वडाध्यक्ष चुडाराज काफ्लेलाई उपचार सम्भव नदेखिएपछि अस्पतालबाट घर फिर्ता गरिएको छ । विराटनगरस्थित न्युरो हस्पिटलमा उपचार पार लाग्ने नदेखिएपछि घर फिर्ता ल्याएको परिवारले जनाएको छ । अस्पतालबाट मृतक घोषणाको रिपोर्ट लिन बाँकी गरेर मृत्युुअघिको संस्कार बैतर्नी गर्न घर ल्याइएको बुुझिएको छ ।

फागुन ६ गते शिवरात्रीका दिन घर नजिकै मोटरसाईकल दुुर्घटनामा परेका थिए । उनी गत स्थानीय निर्वाचनमा नेपाली काङ्ग्रेसको तर्फबाट सहभागि भई वडाध्यक्षको उम्मेदवारीमा विजयी बनेका थिए । त्रियुुगा नगरपालिकाका मेयर बसन्त बस्नेतले पालिकाको एक वडाध्यक्ष तथा काङ्ग्रेसको कार्यकर्तालाई गुुमाउनु परेको बताए । भोली नगरक्षेत्रमा सार्बजनिक विदा दिने र नगरपालिकामा शोकसभाको तयारी रहेको जानकारी दिए । उनको शोकमा झण्डासमेत झुुकाइनेछ ।