
पूर्णपुष्टि, २ कार्तिक ।
हुरेण्डेक उदयपुर र जाल्पा एकीकृत बिकास समाज उदयपुरको संक्रिय गैरसरकारी संस्था हो । यी संस्थाले बिषेशगरी पहाडी भुगोलका निम्न बर्गका परिवार समुदायलाई उकास्ने काममा जोड दिदै आएको छ । जिल्लाको ६ ओटा पालिकाहरुमा संञ्चालन यस संस्थको परियोजना त्रियुगाको १५ पहाडी वडामा पनि संञ्चालनमा छ । उक्त वडामा हुरेण्डेक उदयपुर र जाल्पा एकीकृत बिकास समाजले आ–आफ्नै परियोजना संञ्चालन गरिरहेको छ ।
पहाडी वडाको रुपमा रहेको १५ नं वडामा हुरेण्डेक उदयपुरले पोषण कृषि, तथा स्वास्थ्यको क्षेत्रमा काम गर्दैै आएको छ भने यता जाल्पाले शैक्षिक क्षेत्रमा काम गर्दै आएको छ । यी दुवै संस्थाले गरेको बिबिध कार्यक्रमले त्यहाको बालवालिकाहरु र निम्न बर्गका परिवारलाई ठुलो योगदान र सहयोग समेत पुगेको छ । हुरेण्डेक उदयपुरका कार्यक्रम संयोजक बिकल सुवेदीका अनुसार २०२३ मा त्यस क्षेत्रमा खानेपानी योजना, बाख्रा वितरण, स्वस्थ्य सामाग्री तिरण लगायतको काम गरेको छ । उक्त वडामा हुरेण्डेक उदयपुरले ११ लाख ८६ हजार गरी झण्डै १२ लाख बराबरको खानेपानी सम्पन्न गरेको सुवेदीको भनाई छ । जसमा त्रियुगा नगरपालिकाले पनि ४ लाख बजेट थप्न सहयोग गरेको थियो । यस्तै जाल्पाले पनि शिक्षाको क्षेत्रमा त्यस वडा बिभिन्न कामको योजना सम्पन्न गरेको छ ।
उक्त वडामा जाल्पाले २०२३ मा झण्डै ११ लाख बराबर बजेटको कम गरेको हो हुरेण्डेक उदयपुरले अब २४ का लागि पनि पुरानै शिर्षकलाई बढी प्राथामिकतामा राखेको संयोजक सुवेदीको भनाई छ । जसमा दिगो कृषि ग्रामिण जिविकोपार्जन, समुदायमा आधारित प्राकृतिक श्रोत, सामुदियक तथा प्रजनन श्रोत आदि यसको मुख्य योजना रहेको छ । दिगो कृषि शिर्षक अन्तरर्गत सुधारिएको करेसावारी व्यवसायीक तरकारी खेति लगायतको ११ ओटा उप योजनाहरु रहेको छ । यस्तै समुदायमा आधारित प्राकृतिक श्रोत ब्यवस्थापन सम्बन्धि कृषिवन विस्तार, नर्सरी तालिम घाँसको बिउ विजन, बिरुवा तथा आवश्यक सामाग्री सहयोग लगायत दुई ओटा क्षेत्र रहेको छ भने सामुदायीक तथा प्रजनन स्वास्थ्य सम्बन्धि सुधारिएको चुल्हो, प्रजनन स्वास्थ्य, सुरक्षित मातृत्व, पोषण सम्बन्धि अभ्यास लगायत महत्वपूर्ण कार्यहरु गरिने भएको छ । जसका लागि १६ लाख ३० हजार बराबर बजेट छुट्याईएको संयोजक सुवेदीले जनाए । यता जाल्पाले पनि उक्त वडामा बिपन्न स्वास्थ्य समस्यामा उपचार सहयोग, बालवालिकाको अगुवाईमा बिबिध कार्यक्रम, वडा र पालिका स्तरीय बालबालिका संञ्जाल शशक्तिकरणको र परिचालन, रुपान्तरण कक्षा संञ्चालन गरिने छ । यी दुवै संस्थालाई वडल्र्ड भिजन इन्टर नेशनल उदयपुरले आर्थिक सहयोग गरेको छ । त्रियुगा नगरको सभाहलमा आयोजित स्थानीयतह परियोजना सल्लाकार समिति बैठकको क्रममा साँझेदारी संस्था वल्र्ड भिजन सहित जाल्पा र हुरेण्डेक उदयपुरले २०२४ को परियोजना सार्वजानिक गरेको हो ।