Thursday, April 24News That Matters

त्रिनपा १६ का जेष्ठ नागरिक र अपाङ्गता व्यक्तिहरुलाई न्यानो कपडा, दलित समुदायलाई आरान मेशिन

पूर्णपुष्टि, १५ माघ ।
त्रियुगा नगरपालिका वडा नं १६ ले वडावासीहरुलाई न्यान्यो कपडा र आरान मेशिन प्रदान गरेको छ । सोमवार त्रियुगा नगरपालिका १६ वडा कार्यालयको आयोजनामा तथा २०८१÷२०८२ को स्वीकृत ७५ हजार वडागत बजेटबाट ८० बर्ष माथिका जेष्ष्ठ नागरिक र (क) बर्गका अपाङगता भएका व्यक्तिहरु गरी ६२ जना र यता दलित लक्षित ५० हजार बजेटबाट एक ग्रेण्डर मेशिन र ९ आरान मेशिन सहित १० ओटा स्थानीय परम्परागत आरान मेशिन प्रदान गरिएको हो ।

वडाअध्यक्ष मान वहादुर राईका अनुसार वडा सरकारले वडामा रहेको जेष्ठ नागरिक र अपाङ्गता भएकाहरुको संरक्षण गर्ने उदेश्य सहित जाडोबाट जगाउन न्यानो कपडा प्रदान गर्नुका साथै व्यवसायबाट आर्थिक पार्जनमा टेवा पुराउन दलित परिवारलाई आरान मेसिन वितरण गरेको हो । वडाले विगतदेखि नै यस किसिमको कार्यक्रमलाई निरन्तरता दिदै आएको पनि अध्यक्ष राईले जनाए ।

वडा कार्यालयले लक्षित वजेट तथा कार्यक्रमबाट लक्षित समुदायको क्षमता विकास, स्वास्थ्य शिविर सञ्चालन र विभिन्न सहायक सामग्री समेत वितरण समेत गर्दै आएको छ । कार्यक्रम सञ्चालक समेत रहेका वडा सचिव महेश खनालले लक्षित कार्यक्रम अन्तर्गत पनि समुदायको विपन्न आर्थिक अबस्था कमजोर परिवारलाई प्राथमिकता दिई कार्यक्रम सञ्चालन गरिएको बताए । आरान बाटै परिवार चलाईरहेको दलित समुदायले वडालाई धन्यवाद दिएको छ । आफ्नो पेशाको मर्म अनुरुप मेशिन प्रदान गरेको भन्दै वडाको लगानीले आम्दानी गर्न सहज हुने जनाए । यता जाडोको न्यानो कपडा पाएका जेष्ठ नागरिकहरु अझ बढी खुसी छन् । बुढेसकालको साहारा वडा सरकार रहेको भन्दै न्यानो कपडाको लागि वडालाई धन्यवाद समे दिएका छन् ।

वडा अध्यक्ष राई , जिसस सदस्य गोमा कार्की , कार्यपालिका सदस्य कुन्ति परियार, वडा सदस्य घमान सि राईको टोलीले छनौट गरेका लाभग्राहिहरुलाई न्यानो कपडा र आरान मेशिन वितरण गरिएको हो ।