त्रिनपा १६ मा भलिवल प्रतियोगिता सम्पन्न

पूर्णपुष्टि, कार्तिक २८
त्रियुगा नगरपालिका वडा नं १६ मा वडा स्तरीय भलिवल प्रतियोगिता सम्पन्न भएको छ । वडा स्तरीय खेलकुद विकास समितिको आयोजना तथा १६ नं वडा कार्यालय जाल्पा चिलाउनेको सहयोगमा खेल भव्य सम्पन्न भएको हो ।
वडाको आर्थिक बर्ष २०७८/०७९ को बार्षिक बजेटबाट खेल गराईएको वडा स्तरीय खेलकुद विकास समितिको संयोजक पेसल राईले जनाएको छ ।
खेलमा वडाको १२ ओटा टिमले सहभागी जनाएका थिए । त्यस मध्ये सिद्रे डिहिटार (आम्वोके टोल विकास संस्था) ले प्रथम स्थान हासिल गरेको छ । दोस्रो हुने टिममा सिरुवानी काभ्रे टोल विकास संस्था रहेको छ भने, तेस्रो हुने टिममा जाल्पा स्पोट क्लव रहेको छ । खेल मावि चिलाउनेको खेलकुद मैदानमा भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
%d bloggers like this: