
पूर्णपुष्टि, ४ जेष्ठ ।
त्रियुगा नगरपालिका वडा नं १६ साहिखोला सिमलगाछीमा निर्माण भएको कल्भर्ट पुल संञ्चालनमा आएको छ । आर्थिक बर्ष २०७९/८० मा बजेट स्वीकृत भई निर्माण सुरु भएको कल्भर्ट काम ८०८१ निर्माण कार्य सम्पन्न सँगै संञ्चालनमा आएको हो । उक्त पुलले त्रियुगा नगरपालिकाको ८, ९ र १६ लाई जोडेको छ । १६ नं वडाका अध्यक्ष मान वहादुर राईका अनुसार सवा १३ मिटर लम्वाई रहेको उक्त पुलले १६ नं वडाको मात्रै करिब डेढ सय घरधुरीलाई आवत जावतमा सहज बनाएको छ । अध्यक्ष राईका अनुसार वडाको साहिखोला सिमलगाछीमा निर्माण उक्त पुलको लागत २९ लाख रहेको छ ।
अध्यक्ष राईले उक्त पुल निर्माणका लागि स्थानीय जनताहरुको माग रहेको र स्थानीय सरकारले उनिहरुको पुरा गरेको जनाए । पुल नहुँदा धेरै जनताहरुले सास्ती भोग्नु परेको अवस्थामा आज त्यो समस्या सहज भएको भन्दै जनताहरुमा खुसी छाएको जनाए । उनले स्थानीय जनताहरुले मागेको कुरा पुरा गर्न पाउँदा आफुलाई खुसी लागेको समेत जनाएको छ । नवनिर्मित पुललाई संञ्चालन गर्न वडाले भव्य कार्यक्रमकै आयोजना गरेका थिए । पुलको औपचारिक उद्घाटन भने त्रियुगा नगरपालिकाका मेयर बसन्त बस्नेतले गरे । पुल उद्घाटनमा नगर सरकारको उल्लासमय उपस्थितिलाई अध्यक्ष राईले धन्यवाद सहित भव्य स्वागत समेत गरेको छ । मेयर वस्नेतले त्रियुगा नगर परिसरमा भौतिक पूर्वधारका काम थुप्रै भएको जनाए ।
यसको उदाहरण साहिखोला पुल निर्माण पनि एक रहेको उनले बताए । अन्य थुप्रै कामहरु गर्ने नगरको इच्छा हुँदा हुँदै पनि कम बजेटका कारण अघि बढ्न नसकेको उनले जनाए । नगर उपप्रमुख महेश्वरी राईले पुल उद्घाटन सँगै जनताको अवस्था फेरिएको जनाईन् । उनले बिकासको पूधार मध्ये पुल एक महत्वपूर्ण विकासको पूर्वधार रहेको उलने जनाईन् । आउँदो दिनहरुमा यस्ता जनमुखी बिकासका पूर्वधारमा अझै सहयोग गर्दै जाने राईले जनाइन् । पुल उद्घाटन सँगै स्थानीयहरु खुसी भएका छन् ।