त्रिनपा १ जोगिदहमा जेष्ठ नागरिक र एकल महिलालाई न्यायो कपडा वितरण

पूर्णपुष्टि, १ मंसिर ।
त्रियुगा नगरपालिका वडा नं १ ले वडावासी जेष्ठ नागरिक, एकल महिला र अशक्तहरुलाई न्यायो कपडा वितरण गरेको छ । वडाअध्यक्ष मनोज चौधरीले आर्थिक बर्ष २०८०÷०८१ को वडा स्तरीय बजेट कार्यक्रमबाट २८ जना जेष्ठ नागरिक तथा एकल महिलालाई न्यानो कपडा बितरण गरिएको जनाए । ११ र १२ सालका जेष्ठ नागरिक केही एकल महिलाहरुलाई डस्ना, सिरक, तन्ना, सिरानी लगायतको न्यानो कपडा बितरण गरिएको अध्यष चौधरीले जनाए ।

गत बर्षहरुमा पनि यस कार्यक्रम गरिएको र आउने बर्षहरुमा पनि यसलाई निरन्तरता राख्ने अध्यक्ष चौधरीको भनाई छ । न्यानो कपडा त्रियुगा नगरपालिकाकी उपप्रमुख महेश्वरी राई र वडाअध्यक्ष चौधरी लगायतले प्रदान गरेका थिए । उपप्रमुख राईले जेष्ठ नागरिकहरुलाई सबै भन्दा पहिले सुरक्षा गर्नु पर्ने जनाईन । सोही अनुरुप त्रियुगा नगरपालिकाले प्रत्येक बर्ष वडावासी जेष्ठ नागरिक, एकल महिला र अशक्त अपाङगहरुलाई न्यानो कपडा वितरण गर्दै आएको राईले जनाईन् । राईले जेष्ठ नागरिक, महिलाहरुको हकमा त्रियुगा नगरपालकाले थप कार्यक्रम संञ्चालन गर्ने पनि प्रतिबद्धता दिईन् । न्यानो कपडा सँगै जेष्ठ नागरिकहरु निकै खुसि देखिए । उनिहरुले जाडोको समयमा यस्तो कपडाहरु पाउनुमा आफुलाई खुसी भाग्यमानी ठान्दै उत्साहित बने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0