Monday, June 29News That Matters

त्रिनपा ७ मा दिउँसो पहिरोले अबरुद्ध भएको मदन भण्डारी सडक आजै खुल्ने

पूर्णपुष्टि, असार १५
पूर्वको बिभिन्न ठाउँबाट गाईघाट हुँदै काठमाण्डौँ जाने मदन भण्डारी बैकल्पीक राजमार्गको पहिरो हटाउने क्रम जारी रहेको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार करिब १ घण्टा पछि सडक खुल्ने जनाएको छ । दिउँसो अबिरल झरीका कारण पहिरो खसेर सडक अवरुद्ध भएको थियो । त्रियुगा नगरपालिका ७ स्थित तोरीवारी सुर्के भन्ज्याङमा पहिरोको कारण सडक अबरुद्ध अवस्थामा थियो । अहिले सडक खोल्ने काम भैरहेको र आजै सडक खोलेर संञ्चालनमा ल्याईने प्रयास भैरहेको प्रहरीले जनाएको हो ।