
पूर्णपुष्टि,माघ २६ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमनमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती एकाबिहानै पुगेका छन् । विमानस्थल पुगेका मन्त्री किरातीले विमानस्थल सरसफाई गर्ने मदजुरको तारिफ गरेका छन् ।
‘दिनरात चौविसै घण्टा खटेर देशको अनुहार ९एयरपोर्ट० सफा बनाउने मजदूर ९ब्युटिसियन०हरूलाई हार्दिक धन्यवाद१’, उनले भने, ‘आंशिक सुधार हुँदैछ, आशा गरौं पूर्ण सुधार हुनेनै छ। एयरपोर्ट मात्र होइन एक दिन यो देश नै सफा हुनेछ।’
अनुगमनका क्रममा उनले विमानस्थलको भित्री र बाहिरी कक्ष, शौचालय, आगमन कक्षको अवलोकन गर्दै व्यवस्थित र सुरक्षित राख्न निर्देशनसमेत दिएका छन् । मन्त्री भएपछि किराती पटक पटक विमानस्थलको अनुगमनमा गइरहेका छन्।
