
पूर्णपुष्टि, माघ २६ गते । शसस्त्र प्रहरीमा पहिलो ब्याचको टोलीका चार अधिकृत सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) हुने भएका छन् । बुधबार राति प्रकाशित बढुवा सुचीमा पहिलो ब्याचका एसएसपी सुरेशकुमार श्रेष्ठ, अञ्जनीकुमार पोख्रेल, दीपेन्द्र शाह र पुरुषोत्तम थापा छन् ।
शसस्त्र प्रहरीमा २०५९ सालमा भर्ना भएका टोलीको चार जना अधिकृतलाई डीआईजीमा बढुवा गर्न गृह मन्त्रलयले सिफारीस गरेको हो । माओवादी द्धन्द्ध कालमा सेना र नेपाल प्रहरीको केहि जनशक्तिबाट शसस्त्र प्रहरी बलको गठन भएको थियो । ०५७ सालमा गठन भएको शसस्त्र प्रहरी बलको उदेश्य माओवादी द्धन्द्धलाई निस्तेज पार्नु थियो ।
हालसम्म सेना र नेपाल प्रहरीबाट आएका अधिकृतहरु सशस्त्र प्रहरी बलका उच्च पदहरुमा थिए । नेपाल प्रहरीबाट शसस्त्र प्रहरीमा स्थानतरण भएका अधिकृत राजु आर्याल अहिलेका सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) हुन् ।
