Wednesday, June 10News That Matters

अब ए डिभिजन लिगमा क्लबले ५ बिदेशी खेलाडी अनुबन्ध गर्न पाउने

पूर्णपुष्टि, माघ २६ गते । अखिल नेपाल फुटबल संघ (एन्फा) ले आसन्न शहीद स्मारक ए डिभिजन लिगमा क्लबहरुले ५ बिदेशी खेलाडी अनुबन्ध गर्नु पाउने बताएको छ । क्लबले पहिले ४ जना बिदेशी खेलाडी राख्न पाउने थियो भने अब ५ जना राख्नपाउने भएको छ ।

बुधबार एन्फाको लिग कमिटी र ए डिभिजन क्लबबीच छलफल भएको थियो । छलफलले क्लबमा पाँच जनासम्म विदेशी खेलाडी अनुबन्ध गर्न पाउने निर्णय गरेको हो । तर विदेशी खेलाडीको मापदण्ड परिवर्तन गरिएको छ । सुरुवाती ११ मा ४ जनामात्र खेलाउन पाउने, पाँच विदेशीमध्ये एक जना एसियाली र एक जना दक्षिण एसियाली खेलाडी हुनैपर्ने व्यवस्था छ ।

ए डिभिजन लिग फागुन १९ गतेदेखि सुरु हुँदैछ । लिगको पहिलो खेल ललितपुरे क्लबहरु फ्रेण्ड्स र खुमलटार एफसीबीच प्रतिस्पर्धा हुँदैछ ।एन्फाले चैत ४ गतेसम्म सुरुवाती पाँच चरणको मात्र खेलतालिका सार्वजनिक गरेको छ । तीन दर्जन खेलाडी विदेश पलायन भएपछि क्लबहरु स्तरीय खेलाडी अभावमा समस्यामा परेका थिए । अब क्लबले पाँच खेलाडी राख्न पाउने भएपछी केहि राहत महशुस गरेका छन् ।