
पूर्णपुष्टि, पुष २४ । उदयपुरको त्रियुगा नगरपालिका–७ की १०४ वर्षीया सुनमाया माझीलाई वडा कार्यालयले विशेष सम्मान गरेको छ । वडाकै सबैभन्दा वृद्ध नागरिक माझीलाई मंगलबार आयोजित एक समारोहमा सम्मान गरिएको हो ।
वडा कार्यालयमा आयोजित कार्यक्रममा वडा अध्यक्ष अमर बहादुर दनुवारले माझीलाई दोसल्ला ओढाएर सम्मान गरेका थिए । साथै उनलाई नगद पुरस्कार समेत प्रदान गरिएको थियो । कार्यक्रममा बोल्दै वडा अध्यक्ष दनुवारले यति उमेरसम्म पनि स्वस्थ र निरोगी जीवन बिताइरहेकी माझीको दीर्घ आयुको सम्मानमा यो कार्यक्रम आयोजना गरिएको बताए । उनले माझी उदयपुर जिल्लाकै सबैभन्दा वृद्ध नागरिक हुन सक्ने अनुमान समेत व्यक्त गरे ।