त्रियुगाको १६ वटै वडामा च्याउको विउ वितरण

पूर्णपुष्टि, पुष २
उदयपुरको त्रियुगा नगरपालिकाका १६ वटै वडाका कृषकहरुलाई च्याउको विउ वितरण गरिएको छ । त्रियुगा नगरपालिका कृषि विकास शाखाले नगरका १६ वटै वडामा ९६ जना च्याउ खेती गर्ने कृषकहरुको पहिचान गरि विउ वितरण गरेको हो ।
त्रियुगा नगरपालिकाले चालु आ.व.२०७८÷०७९ मा च्याउ खेती प्रविधि विस्तार कार्यक्रम लागू गरेपछि च्याउ उत्पादनमा आत्मनिर्भर बन्ने भएको छ ।
च्याउ खेती प्रविधि विस्तार कार्यक्रमबाट विनियोजित तीन लाख लागतबाट कन्य जातको ५३ सय पोका च्याउको वीउ र आवश्यक च्याउ पोका बनाउने प्लाष्टिक कृषकलाई वितरण गरिएको कृषि विकास शाखा प्रमुख माधव राउतले जानकारी दिनुभयो ।
प्रमुख राउतका अनुसार च्याउ खेती व्यवसाय शुरु गर्ने नयाँ कृषकलाई ५० पोका र च्याउ खेती व्यवसाय पहिले देखि गर्दै आएकालाई पुराना कृषकहरुलाई १ सय ५० पोका सम्म वितरण गरिएको छ ।
‘वडा कार्यालयको सिफारिसमा वडा कार्यालयले च्याउ खेती व्यवसाय कृषक छनौट गरी पठाएका कृषकहरुलाई मात्र वितरण गरिएको छ ।’ प्रमुख राउतले भने, ‘कृषि शाखाबाट वितरण भएको च्याउको विउबाट उत्पादन भए नभएको बारेमा निरन्तर अनुगमन र कृषकहरुलाई प्राविधिक सहयोग गरिने छ ।’
निरन्तर च्याउ खेती व्यवसाय गर्ने कृषकहरुलाई आगामी बर्ष च्याउको सुकुटी बनाउने र च्याउकोे अचार बनाउन प्रविधि विस्तार गर्ने त्रियुगा नगरपालिका कृषि विकास शाखाको योजना रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
%d bloggers like this: