Thursday, June 4News That Matters

त्रियुगाको उपमेयर पदमा उम्मेदवारी दिएकी राईले गरिन रक्तदान

पूर्णपुष्टि, वैशाख १६ गते ।
त्रियुगा नगरपालिकामा उपमेयर उम्मेदवारी रहेकी महेश्वरी राईले रक्तदान गरेकी छिन् । १३३ औ अन्तराष्ट्रिय श्रमिक दिवसको अवसरमा राईले रक्तदान गरेकी हुन् । समग्र ट्रेड युनियन नेपाल उदयपुर सिमेन्ट उद्योगको आयोजनामा भएको रक्तदान कार्यक्रममा राईले सहभागी जनाएकी हुन् । समाजसेवीको रुपमा परिचत राईले रक्तदान सँगै उपस्थिति जनताहरुमा भोटको समेत अपिल गरिन् । नेकपा एमाले बाट उपमेयर पदका लागि उम्मेदवारी राईले जनताको विकासमा आफ्नो पूर्ण समर्थन र सुखि नगरवासीका लागि उम्मेदवारीको कारण समेत जनाईन् । उनीले रक्तदान जिवन दान पनि आफ्नो प्रमुख अभियानको रुपमा रहेको बताईन् । राई सहित करिब ७० जना बराबरले रक्तदानमा सहभागी लिएका छन् ।