त्रियुगाको १२ नम्बर वडामा महिलालाई ५ दिने उद्घोषण तालिम

पूर्णपुष्टि, पुष ७
उदयपुरको त्रियुगा नगरपालिका–१२ ले महिलाहरुको कला र गलाको क्षमता अभिबृद्धी गर्ने उदेश्यले पाँच दिने उद्घोषण तालिम आयोजना गरेको छ । व्यवहारिक ज्ञानमा मात्र सिमित रहेका महिलाहरुलाई सभासम्मेलनमा निर्धक्कसँग बोल्ने क्षमताको विकास गर्ने गरी तालिमको आयोजना गरिएको हो ।

तालिमको उट्घाटन गर्दै उपमेयर देवीकुमारी चौधरीले अवसर पाए महिलाहरु कमजोर नभएको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘सवल महिला नेतृत्व उत्पादनका लागि नगरपालिकाले आफ्ना मातहतका युनिटबाट निरन्तर यस्ता कार्यक्रम सञ्चालन गर्दै आएको छ त्यसैले महिला अव कमजोर छैनन् ।’ विगतका घटनाक्रमलाई स्मरण गर्दै उहाँले भन्नुभयो, ‘हिजो माईकमा बोल्नु त के उभिनसमेत डराउँथ्यौ तर अहिले त्यसले कोल्टो फेरेको छ, यस्ता लक्षित कार्यक्रम र अभियानले जुझारु र सवल नेतृत्व उत्पादन गरेको छ ।’

नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत पुरुषोतम ढकालले महिलाको सिपविकासका लागि नगरपालिकाले योजनाहरु अघि सारेको बताउनुभयो । उहाँले आधा हिंस्सा ओगटेको महिला नेतृत्व हिजोेभन्दा आज सवल र संक्षम बन्दै गएको बताउनुभयो ।
वडाध्यक्ष जयविक्रम राईले अवसर पाएर पनि बोल्ने सिप नहुँदा अझै पनि महिलाहरु पछि परेकाले उनीहरुलाई लक्षित गरी तालिमको आयोजना गरिएकोे बताए । व्यवहारिक र वाहिय ज्ञान विच फरक रहेको हुँदा वाहिरको वातावरणअनुसार महिलाको क्षमता बृद्धीका लागि वडाले योजना बनाएको बताउनुभयो ।
तालिममा वडा भित्रका टोलविकास संस्थाका ६० जना महिलाहरुको सहभागिता रहेको वडा सचिब निरु कार्कीले बताउनुभयो । पाँच दिनसम्म सञ्चालन हुने तालिममा महिलालाई सभासम्मेलन, बैठकहरुमा बोल्ने सिपकला सिकाईने उहाँले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
%d bloggers like this: