
पूर्णपुष्टि, जेठ ४
जिल्लाका सात पालिकामा मतगणना भई चारपालिकाको मतपरिणाम सार्वजनिक भैसकेपनि त्रियुगा नगरपालिकाको मतगणना कहिले हुन्छ भन्ने टुङ्गो लागेको छैन । देशैभरी बैशाख ३० गते मतदान भएको थियो ।
तर त्रियुगाको १२ नं. वडाको जनप्रेमी आधारभुत विद्यालयमा खटिएका मतदान अधिकृतले धाधली गर्दा मतदान स्थगित भएको थियो । मतदान अधिकृतले मतदान स्थगित भएको सुचना जारी भएको ६ दिन बितिसक्दा पनि मतदान गर्ने बारे कुनै निर्णय भएको छैन । १२ नं. वडाका धेरै मतदाताले आफ्नो प्रतिनिधी छान्नको लागी मतदान गर्न पाएका छैन । सो वडाका मतदाताले वडामा मतदान कहिले हुन्छ ? भनेर प्रश्न गर्न थालेका छन ।
त्रियुगाको १२ नं. वडामा मतदान स्थगितभएसँगै नगरपालिकाको मतगणना हुन सकेको छैन । जिल्लाका अन्य पालिकाको पनि अन्तिम परिणाम सार्वजनिक भैसके पनि त्रियुगाको मतगणना हुने विषयमा टुङ्गो नलाग्दा उम्मेदवारमा छटपटी बढ्दै गएको छ ।
