पूर्णपुष्टि, २० कार्तिक ।
त्रियुगा उद्योग बाणिज्य संघ गाईघाटले पश्चिम रुकुम र जाजरकोटका भुकम्प पिडितहरुलाई राहत उठाउने काम सुरु गरेको छ । आईतबार दिउँसोबाट गाईघाट बजार आसपास राहत संकल सुरु गरेका थिए । पहिलो दिन ६६ हजार बढी भुकम्प पिडितहरुको लागि संघले राहतका लागि आर्थिक संकलन गरेको छ । संघका अध्यक्ष रसाईलीले भोली पनि संकलनलाई निरन्तरता दिने जनाए । उक्त रकम उठाएर हालै घाँस बाँस कपासबाट बन्चीत भुकम्प पिडितहरुलाई उपलब्ध गराउने जनाएको छ । रकम सँगै एक थान त्रिपाल र दुई बोरा चामल पनि संकलन भएको अध्यक्ष रसाईलीले जनाए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
1
+1