त्रियुगा उद्योग बाणिज्य संघको आगामी चुनवाको लागि १२ सय बढी व्यवसायीले गरे सदस्यता नविकरण

पूर्णपुष्टि, मंसिर २६
त्रियुगा उद्योग बाणिज्य संघको आगामी पुष ३ गते हुने साधारण सभा तथा अधिवेशनलाई सम्बोधन गर्दै १२ सय बढी व्यवसायीहरुले सदस्यता नविकरण गरेको छ । संघका पूर्व अध्यक्ष गजेन्द्र भगतको कार्यकालमा कुनै पनि समय साधारण सभा तथा अधिवेशन हुन नसकेको अवस्थामा सदस्यता नविकरणको काम समेत लथालिङग रहेको अवस्थामा थियो ।

हाल संघमा कार्यवाहक अध्यक्ष रुपमा रमेश रसाईलीको नेतृत्व छ । रसाईली नेतृत्वको समितिले संघलाई चुस्त दुरुस्त र क्रियाशिल राख्न यहि पुष ३ गते साधारण सभा तथा अधिवेशन गर्ने तयारी गरिरहेको छ । सोही तयारी अन्तगरर्गत संघले मंसिर ५ गते सम्म व्यवसायीहरुलाई सदस्यता नविकरणको लागि आह्वान गरेका थिए ।
बिभिन्न संञ्चार माध्यम तथा आफ्नो अफिसिल संञ्जालहरु बाट गरिएको सूचनाको आधारमा १२३७ जना व्यवसायीहरुले आगामी चुनावलाई सम्बोधन गरेको अध्यक्ष रसाईलीले बताउनुभयो । रसाईलीका अनुसार सदस्यता नविकरण गराउनेहरुले मात्र अधिवेशनको चुनावमा भाग लिन तथा भोट लगाउन पाउने जनाएको छ । त्यस बाहेका व्यापारिहरुले भने अधिवेशनको खुल्ला सत्रमा मात्र सहभागी हुन पाउने जनाएको छ ।

संघको नेतृत्वकाल करिब ३ बर्षको हुने मापदण्ड छ । तर पूर्व अध्यक्ष भगतले भने बिभिन्न बाहानामा ५ बर्ष संघको नेतृत्व गर्दा समेत कुनै पनि कार्यकालमा साधारण सभा तथा अधिवेशन गर्न सकेन । सोहि कारणले संघमा कार्यवाहक अध्यक्षको रुपमा रसाईलीले आफुलाई प्रस्तुत गर्दै संघलाई चुस्त दुरुस्त र क्रियाशिल राख्न तथा आफ्नो कार्यवाहक पदको इमान्दारिता स्वरुप पुष ३ लाई केन्द्रीत गर्दै अधिवेशन गर्न लागेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
%d bloggers like this: