
पूर्णपुष्टि, माघ १६ । उदयपुरको त्रियुगा खानोपानी तथा सरसफाई उपभोक्ता समितिको निर्वाचन तालिका सार्वजनिक भएको छ । शनिबार १४ औं वार्षिक साधारण सभा सम्पन्न गरेको त्रियुगा खानेपानी तथा सरसफाई उपभोत्ता समितिको निर्वाचन तालिका सोमबार सार्वजनिक भएको हो ।
मतदाताको नामावली आज सार्वजनिक गरिएको छ भने मतादाता नामावली त्रुटी सच्याउने र छुट नामावली समावेश गर्न दरखास्त दिने मिति १७ गते तोकिएको छ । संशोधित नामावली प्रकाशन १८ गते बेलुका ५ बजे सार्वजनिक गरिने छ । मतादाताको उपर उजुरी दिने १९ गते तोकिएको छ भने उजुरी उपर जाचँबुझ गर्ने र अन्तिम नामावली प्रकाशन बेलुका २ बजे देखी ५ बजे सम्म गरिने छ ।
उम्मेदवारको मनोनयन पत्र दर्ता माघ २१ गते बिहान १० बजेदेखि बेलुका ४ बजेसम्म गरेर मनोनयन भएका उम्मेदवारको नामावली सूची बेलुका ५ बजे प्रकाशन गरिने छ । उम्मेदवारको विरुद्धमा २२ गते दिउँसो २ बजेसम्म उजुरी दिन सकिने समय तोकिएको छ । मनोनयन पत्र र उजुरी उपर जाचँबुझ २३ गते बेलुकी ४ बजे सम्म समय तोकिएको छ भने अन्तिम नामावली प्रकाशन बेलुकी ५ बजे सम्म सार्वजनिक गरिने छ ।
उम्मेदवारले आफ्नो नाम फिर्ता लिन २४ गते बिहान १० बजे देखि बेलुकी २ बजेसम्म समय तोकिएको छ भने उम्मेदवारको अन्तिम नामावली बेलुकी ५ बजेसम्म सार्वजनिक गरिने छ । उम्मेदवारलाई २५ गते निर्वाचन चिन्ह प्रदान गरिने छ भने निर्वाचन फागुन २१ गते हुने छ ।